सरकारको जनतालाई अर्को उपहार : खाना पकाउने ग्यासको मूल्य १४००, पेट्रोल ११२ र डिजेल ९५ पुग्यो

माघ २९ । नेपालमा खाना पकाउने ग्यासको मूल्य फेरि बढेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै फेरि मूल्य बढाएको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।हिजो विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्य बढाएको छ । प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत् कायम राखेको छ । मूल्य वृद्धि गरे पनि यसबाट आम जनताले पाउने सास्ती र गरिवको पक्षमा वकालत कसैले गरेको पाइएको छैन ।

गरिव र मध्यमस्तरका जनताको ढाड सेक्ने गरी मूल्य बढिरहेको छ । मुख्य राजनीतिक दलहरु सडक आन्दोलनमा उत्रिरहेका छन् तर दिनानुदिन बढिरहेको मुल्यका विषयमा आन्दोलन पनि पाइदैन । मध्यवाधी चुनाव घोषणा गरेसँगै धमाधम सरकारले मुल्यवृद्धिको उपहार दिइरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: