यसरी दिइन्छ भरतपुर अस्पतालका सेवा (तालिका र कोठानम्वर सहित) शेयर गरी सुरक्षित राख्नुहोस

माघ २८ । देशकै केन्द्रभागमा रहेको भरतपुर सरकारी अस्पताल १९ जिल्लाबाट विरामी आउने आस्थाको धरोहर हो । धेरैको ज्यान बचाएको अस्पतालले विस्तारै आफ्नो विशिष्टकृत सेवाहरु थप्दै पनि गएको छ । सेवा थप सँगै सेवा लिन पूर्व जानकारी विरामीलाई भए अझै सहज हुन्छ । यहाँ अस्पतालका सेवा र कुन कोठाबाट प्रदान गरिन्छ भन्ने थाहा पाउन सक्नुहुनेछ । यहाँ दिएको तालिका बुझ्नमा कठिन भए अस्पतालको वेवसाइटमा गएर पनि हेर्न सक्नुहुनेछ ।
समाचारमा प्रयोग भएको तस्विर अस्पतालको गुरुयोजना बनेपछि देखिने दृश्य हो ।

ओपिडी सेवा ।

* आइतवार देखि शुक्रवारसम्म ।

* ओपिडी टिकट शुल्क रु ३० ।

* विहान १० बजेदेखि दिउसो ३ बजेसम्म ( दिउसो १२ बजेपछि २ बजेसम्म रिर्पोट देखाउने समय )

* टिकट खुल्ने समय : विहान ८ बजेदेखि १२ बजेसम्म (शनिवार बाहेक )

* सार्वजनिक विदाको दिनमा आधा दिन मात्र ओपिडी सेवा खुल्ला रहने छ ।

* शनिवार र सार्वजनिक विदाको दिनमा पनि विहान ९ बजेदेखि १० बजेसम्म रेविजको सुई लगाइने छ

ओपिडि विभागमा उपलब्ध सेवाहरूः

* अर्थोपेडिक विभाग कोठा नः १
* सर्जिकल विभाग कोठा नः २
* नाक, कान, घाँटी विभाग कोठा नः ३
* मेडिकल विभाग कोठा नः ४
* स्त्री तथा प्रसुती रोग विभाग कोठा नः ५
* छाला तथा यौनरोग विभाग कोठा नः ६
* वालरोग विभाग कोठा नः ७
* मानसिक रोग तथा इ.इ.जि कोठा नः ८
* दन्तरोग विभाग कोठा नः ९
* डेसिङ तथा इन्जेक्सन कोठा नः १०
* इ.सि.जि कोठा नः ११
* भिडियो एक्सरे यूएसजी कोठा नः १२
* एक्सरे विभाग कोठा नः १३
* प्रयोगशाला कोठा नः १४
* काउण्टर ( शुल्क बुझाउने स्थान ) कोठा नः १५
* भिसिटी विभाग कोठा ः १६
* हिस्थोप्याथोलोजी कोठा नः १७
* फिजियोथेरापी कोठा न ः १८
* अडियोग्राम कोठा नः १९
* स्पाइनल वार्ड कोठा नः २०
* प्लाष्टर गर्ने स्थान कोठा नः २१

२४ सै घण्टा आकस्मिक सुविधा ।

फोन न : ०५६ – ५३०८५४
इन्र्चाज : राज कुमार ढुंगाना

सामाजिक सेवा इकाई ( आंशिक तथा पूर्ण छुट र निशुल्क औषधी सेवा )

प्रमुख : रमेश थापा
मोवाइल : ९८४५०५५०५७
फोन न : ०५६-५२७९४१

गरिव, विपन्न तथा सिमान्तकृत समुदाय आवश्यक कागजात नेपाल सरकारले जारी गरेको परिचय पत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचय पत्र वा स्थानिय निकायको सिफारिस ।
असाह्य : प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक सस्था वा व्यक्तिको सहयोग ।
अपा∙ : आवश्यक कागजात महिला विकास शाखाले जारी गरेको परिचय पत्र ।
जेष्ठ नागरिक आवश्यक कागजात सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ।
प्रहरीका थुनुवा, विपत्ति तथा प्रकोप पिडित, आकस्मिक सडक दुर्घटनाका घाइते, पोषण कमि भएका ब्यक्ति र शहिद परिवार
साथै लैङ्कि हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वंय सेविका महिलाहरुलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था छ ।

for more click down

http://bharatpurhospital.gov.np/

Leave a Reply

Scroll to Top
%d bloggers like this: