माडीमा बन्ने राममन्दीमा राख्न मुर्तिको निर्माण

माघ २८ । चितवनको माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्याधाममा राख्नका लागि काठमाडौमा श्रीराम र सीताको मुर्ती तयार भएको छ । निर्माण भएको मुर्ति काठमाण्डौमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माडीको प्रतिनिधीमण्डलसँग उक्त मुर्ति सार्वजनिक गर्नुभएको थियो । लाइफ साइजमा निर्माण भएका मुर्तीहरु श्याम वर्णका रहेका छन् । यसअघि भरतपुरमा सम्पन्न एक सभामा बोल्दै प्रधानमन्त्री ओलीले राम र सीताको मुर्ती बनिसकेको र अन्य मुर्तीहरु निर्माणको चरणमा रहेको बताउनुभएको थियो । आगामी बर्षको रामनवमीमा प्राणप्रतिष्ठा गरी मुर्ती स्थापना र रामधामको शिलान्यास गरिने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीसंगको भेटमा माडीको प्रतिनिधीमण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन, रीउ करिडोर निर्माण र अयोध्याधामको बिषयमा छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको माडी नगरपालिकाका प्रवक्ता तथा प्रतिनिधीमण्डलका एक सदस्य शिवहरि सुवेदीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: