माघ ३० गते सार्वजनिक बिदा

माघ २७। आगामी ३० गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।

यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । सो वर्ष पुरै बिदा दिने गरिएका १० वटालाई आंशिक बनाइएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: