माघ २३ । विपन्न र आर्थिक अवस्था कमजोर रहेका नवलपुर जिल्ला देवचुली नगरपालिका वडानम्वर ६ का स्थानीयलाई किन्डर नेपालले वाख्रा वितरण गरिएको छ । चौथो फेज को दोस्रो चरण अन्तर्गत ८ घर परिवारलाई २ ओटा को दरले पाठी वितरण गरिएको हो। यसअघि १७ घरलाई वितरण गरिएको थियो । हाल सम्म सो स्थानमा ९० घर परिवारलाई उन्नत खालको बाख्रा, खोर सुधार, समुह व्यवस्थापन, बचत, सरसफाई र बालबालिकाहरूको लागि वैकल्पिक शिक्षा मा सहयोग, खेलकुद सामग्री वितरण, आयआर्जन सम्बन्धी तालिम हरु सञ्चालन गरिएको छ ।।
दिगो गाउँ व्यवस्थापन मा समेत सहयोग गर्दै सवै क्षेत्रको समुचित विकासको लागि योजनाहरु समेत तयार गर्दै कार्यक्रमहरू स्थानीय तह, प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गर्दै जाने वाख्रा वितरण गर्ने संस्थाका अभियान्ता दिपक शर्माले जानकारी दिनुभयो ।
आयआर्जनमा सहयोग पुर्याउन बाख्रा वितरण
