कोभिड १९ को परीक्षण नयाँ प्रविधिबाट गर्ने तयारी

माघ ३ । अवबाट कोभिड १९ को परीक्षण नयाँ प्रविधिबाट गर्ने तयारी भएको छ ।
कोरोना भाइरसको छिटो र छरितो रिर्पोट आउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गराउन नयाँ प्रविधि प्रयोगमा ल्याउन लागेको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त मेसिनको परीक्षण भैरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । अहिले भएको परीक्षणबाट प्राप्त हुने रिपोर्ट अनुसार यसको प्रयोग गर्ने नगर्ने निर्णयमा पुग्ने बताइएको छ ।

अमेरिकी सरकारको सहयोगमा नेपाल ल्याइएको उक्त प्रविधिले छिटो र कम समयमा नै धेरै व्यक्तिको नमुना परीक्षण गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: