देशभरका स्थानीय तहमा कांग्रेसले आज विरोध प्रदर्शनगर्दै

माघ ३ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघट असवैधानिक कदम भएको काँग्रेसले ठहर गरेको छ ।
त्यही कदम सच्याउन माग सहित काँग्रेसले घोषणा गरेको कार्यक्रम अनुसारआज देशभरका स्थानीय तहमा एकैसाथ प्रदर्शन गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार आज ७ सय ५३ स्थानीय तहमा प्रदर्शन हुन लागेको हो । यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्माचन क्षेत्रमा प्रदर्शन गरेको काँग्रेसले आज स्थानीय तहहरुमा प्रदर्शन गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गर्नु भएको छ ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।
तर काँग्रेसकै नेताहरु मध्यावधि निर्वाचनमा जाने की संसद पुनस्थापनामा भन्नेमा एकमत अझै हुन सकेका छैनन् । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने नेताहरुले व्यक्तिगत रुपमा दिएको अभिव्यक्तिमा आफूले कुनै प्रतिक्रिया नजनाउने तर यो कदम असवैधानिक पार्टीको ठहर रहेको प्रष्ट पार्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: