माघे सङ्क्रान्ति मेला नगर्ने देवघाट क्षेत्रविकासको निर्णय

पौष २१ । देवघाट क्षेत्रविकास समितिले यस वर्ष देवघाटमा माघेसंक्रान्ति नगर्ने निर्णय गरेको छ । पवित्र तीर्थस्थल देवघाटमा कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने समितिले जनाएकोे छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । विगतका समय माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गर्दथे ।

कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसङ्क्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । बेनीमा स्नान मात्र गर्न आउनेलाई भने रोक्न नसक्ने भन्दै उहाँले स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: