आज थप ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पौष १९ । आज देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय सङ्क्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् ।

यस्तै गएको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय ७८ पुगेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: