अन्तर्राष्ट्रिय टोपी दिवस आज

पौष १७ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । यसैको रौनकतासँगै आजनै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । त्यही चलनलाई मानेर नेपालमा टोपी दिवसलाई मनाउने गरिन्छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: