आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

पौष १७ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुवात भएको मानिन्छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ । पछिल्लो समय नेपालमा पनि यो वर्षलाई मनाउने व्यक्तिहरु बढिरहेका छन् । मध्यरातमा विशेष कार्यक्रम सहित नयाँ अग्रेजी वर्षलाई स्वागत गर्ने गरिन्छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, चितवनको सौराहा, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: