१११ औ लक्ष्मी जयन्तीका अवसरमा बेनीमा गजल बाचन

 

बेनी ९ कात्तिक । १११ औ लक्ष्मी जयन्तीको अवसरमा शनिबार बेनीमा गजल वाचन गरिएको छ ।

म्याग्दी साहीत्य सञ्चारको आयोजना, नवोदित साहित्यिक वाचनालय र अन्तराष्ट्रिय नेपाली साहित्य सञ्जाल कतार शाखाको सहआयोजनामा गजल वाचन भएको हो ।

कार्यक्रममा साहीत्यकारहरुले गजलको माध्यमबाट सामाजिक, प्रशासनिक र राजनितिक क्षेत्रमा देखिएको विकृतिलाई ब्यग्य गरेका थिए ।

बेरोजगारी, शिक्षा, स्वास्थ्य, गरिबीको समस्या उजागर गरेका उनिहरुले भ्रष्ट्राचार र ढिलासुस्तिप्रति रचनाबाटै खबरदारी गरे ।

‘आए अनेक पात्रहरु बेली फेरिएन,
यता गरिब जनताका चोलि फेरिएन’ बेनीका गजलकार इन्द्र बियोगीको गजल व्यवस्थामा आएको परिवर्तनले सामाजिक अवस्थामा प्रभाव पार्न नसकेको बिषय झल्कन्थ्यो ।

‘यहाँ कसैको इज्यत कसैले बोले सकिन्छ,
जस्तो की बेलुनको हावा मुख खोले सकिन्छ,
स साना रहरले आज तिमि यसै सकियौ
लागेको थिएन, बोराको चामल बटुकोले सकिन्छ’ साहित्यकार प्रदिप रोदनको प्रस्तुत थियो ।

‘बुहारी जिउदै जलाएको खबर नछाप्नु,
छोरीको बिहे गर्ने बेला भएको छ
क्या जमाना थियो, क्या जमाना भएको छ
हितलरको देशमा झन के भएको होला ?
वुद्धको देशमा त हिंसा भएको छ,’ …. नकुल पौडेलको प्रस्तुतिले देशको अवस्था उजागर गरेको थियो ।

साहीत्यकारहरुले माया प्रेम, मिलन र बिछोडका गजलहरु पनि बाचन गरिएका थिए । ‘बुलबुलमा हामी’ नाम दिइएको कार्यक्रममा बुटवलका गजलकार प्रदिप रोदन र नकुल पौडेलको प्रस्तुति बिशेष आकर्षण थियो ।

स्थानीय साहीत्यकार कान्ति पौडेल, विभा ढुंगाना, इन्द्र वियोगी, अमर स्पन्दन र नारायण अभिलासीले पनि गजल वाचन गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघको हल गजल वाचन हेर्न र सुन्न आएका दर्शकले भरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल लेखक संघ म्याग्दीका अध्यक्ष राजु केसीले महाकवीको स्मरणसँगै गजल श्रवणको अवसर जुटाएकोमा आयोजकलाई धन्यवाद दिए ।

म्याग्दी साहीत्य सञ्चारले नियमित रुपमा रचना, कविता, गजल वाचन कार्यक्रम गर्दै आएको छ । संस्थाका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, सचिव हिरा शर्माको स्वागत र नवोदित साहित्यिक वाचनालय कतारका महासचिव तिलु शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागि साहीत्यकारहरुले नेपाली साहित्यमा महाकवी देवकोटाले पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: