बाढी पिडितलाई महिला सहकारीको सहयोग

बेनी, ३० असोज । बेनी नगरपालिका–२ कोटखोलाका बाढी पिडितलाई बिहीबार ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले राहत सामग्री सहयोग गरेको छ ।

असोज ४ गते कोटखोलामा आएको बाढीले घरबास बगाएपछि विस्थापित भएका ८ परिवारलाई खाद्यान्न सहयोग गरेको हो । एक÷एक बोरा चामल, एक÷एक केजी नुन र एक÷एक केजी दाल सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाकी अध्इक्ष कल्पना घर्ती क्षेत्री, सचिव उमा शर्मा र कोषाध्यक्ष सरस्वती खत्री सहितको सञ्चालक समितिका पदाधीकारी, सदस्य र कर्मचारीहरुको टोलीले राहत सामग्री वितरण गरेको थियो । १६ हजार रुपैयाँ बरारबको सहयोग गरेको संस्थाले जनाएको छ ।

कोटखोला बाढी पिडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक राजु रिजाल, स्थानीय कृष्ण कार्की लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो । ५६० जना सेयर सदस्य रहेको सहकारी महिलाहरुका लगानी र व्यवस्थापनमा सञ्चालित हो ।

संस्थाको कार्यक्षेत्रमा विपद् पिडितहरुको पिडामा थोरै भएपनि सहयोग गरेको अध्यक्ष जिसीले बताउनुभयो । बाढीले बगाएर एक बालिकाको मृत्यु, एक जना वेपत्ता, ७ वटा घर र वुद्ध एकेडेमीको भवनमा क्षति गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: