जापानमा ताइफुको प्रभावः हाई अलर्टमा रहन चेतावनी

टोकियो । शक्तिशाली ताइफु नजिकिँदै गर्दा शनिवार बिहानदेखि नै टोकियो महानगर क्षेत्रमा रेल सेवा र हवाई सेवा प्रदायक कम्पनीहरुले आफ्नो अधिकांश सेवा स्थगित गरेका छन् । ताइफु हगिबिसका कारण कार पल्टिँदा चिबा प्रान्तमा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । यसले चिबा प्रान्तमा थप क्षति पु¥याउन सक्ने बताइएको छ ।

ताइफुले भारी वर्षा गराउँदा मध्य जापानको प्रशान्त महासागरको तट र पूर्वी जापानमा शनिवार साँझ पहिरो जान सक्ने जापानको मौषम एजेन्सीले बताएको छ । मिए र शिजुओका लगायत जापानका केन्द्रीय प्रिफेक्चर र दक्षिणपश्चिम टोकियोको कानागावाले यहाँका कयौं नगरपालिकाका नाममा जोखिमयुक्त स्थानमा घर खाली गर्ने एड्भाइजरी जारी गरेका छन् ।

टोकियो महानगर सरकारले पश्चिमी उपनगरका बासिन्दाहरुलाई ठाउँ खाली गर्ने सुझाव दिएको छ ।

ताइफुका कारण मध्य जापानको तोकाई क्षेत्र र टोकियो महानगर क्षेत्र सहित कान्तो–कोशिन क्षेत्रमा प्रतिघन्टा २१६ किमिका दरले हावा बहने र घरहरुमा क्षति पुग्न सक्ने चेतावनी एजेन्सीले दिएको छ ।

पावर ट्रान्समिशन लाइनमा भएको क्षतिले गर्दा चिबामा केही समयको लागि ठप्प भएको बताइएको छ । टोकियो, चिबा र अन्य २ प्रिफेक्चरहरुमा करीब ९ हजार घरमा बिजुली आपूर्ति बन्द भएको छ । ताइफुका कारण तोकाइ क्षेत्रमा १ हजार मिलिमिटरसम्म र कान्तो–कोशिन क्षेत्रमा ६ सय मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ ।

शनिवार टोकियो र नागोयाबीचको शिन्कान्सेन बुलेट ट्रेल सेवा बन्द भएको छ । नागोया र शिन–ओशाकाको बीचमा बिहान ६ ओटा रेल चलेको भउपनि मध्याह्न्नपछि भने सेवा बन्द भएका छन् । शनिवार बिहान देखि नै विस्तारै रेल सेवा बनद गर्दै लाने र दिउँसो १ बजेदेखि सबै सेवा रद्द गर्ने इष्ट जापान रेलवे कम्पनीले बताएको छ । अल निप्पोन एयरवेज कम्पनीले पनि टोकियोको हानेडा र नरिता विमानस्थलमा शनिवार सबै घरेलु र अधिंकाश अन्तरराष्ट्रिय उडान रद्द गरेको छ । शनिवार टोयोटा, होन्डा लगायत केही अटो कम्पनीले केही प्लान्टमा अटो उत्पादन बन्द गरेका छन् ।

नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: