एउटा पहाड़ चढेपछी थाहाहुन्छ की अझै थुप्रै पहाड़ चढ्नु बाँकी छ – नेशनल मण्डेला

अहिंसावादी र मानवतावादका नेता नेल्सन मण्डेला स्वतन्त्रताका सेनानी हुन्।

पढौं उनै मण्डेलाका १० मर्मस्पर्शी भनाइहरु।

१. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ। बरु डरमाथि विजय पाउनु रहेछ। बहादुर त्यो होइन, जो डराउँदैन, बहादुर त त्यो हो, जो डरका बाबजुद अघि बढ्दछ।

२. चाहे त्यो कालो जातिबाट भएको होस्, वा गोरो जातिबाट। म जातिवादप्रति अत्यन्त घृणा गर्दछु, यो एक बर्बरता हो।

३. एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन्।

४. स्वतन्त्र हुनु मात्र जञ्जिरलाई उतार्नु होइन। बरु, यस्तो जीवन जिउनु हो, जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ।

५. जबसम्म काम समाप्त हुँदैन, तबसम्म त्यो असम्भव लाग्दछ।

६. जब कुनै खुसियाली मनाइन्छ तब आफूपछि र दोश्रोलाई अघि राख्नु पर्दछ। जब खतराको समय आउँछ, तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ। तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन्।

७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्दछ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस्। हाम्रो आन्दोलनको लक्ष्य पनि त्यही हो।

९. एउटा राम्रो शीर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन्।

१०. मेरो देश, जहाँ मान्छे पहिला जेल जान्छ र त्यसपछि मात्र राष्ट्रपति बन्छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: