दुबई बस दुर्घटनामा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुग्यो

यूएई – यूएईको दुबईमा भएको बस दुर्घटनमा परि ज्यान गुमाउने नेपाली नागरिकको संख्या ६ पुगेको छ । तर उनीहरुको नाम, ठेगाना भने खुलाइएको छैन ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् ।  घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेकाले मृतकको परिचय नखुलाइएको बताएको छ । दुर्घटनामा ज्यान गुमाउने नेपाली नागरिकका बारेमा थप जानकारी लिने प्रयास भैरहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: