मोना महाधिवेशनको तयारी तिब्र

बेनी – म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो ।

आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशनको तयारीका लागि कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु जिल्ला आउने क्रम सुरु भएको छ ।

महाधिवेशनका लागि विभिन्न देशमा कार्यरत कार्यसमितिका पदापधिकारीहरुको संयोजकत्वमा आन्तरिक समिति ,उपसमिति गठन गरी तयारी थालिएको आयोजकले जनाएको छ । महाधिवेशनलाई सफल बनाउन जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु संगको भेटघाट र छलफललाई तिब्रता दिएको छ ।

महाधिवेशनको आन्तरिक तथा बाह्य व्यवस्थापनको तयारीलाई तिब्रता दिइएको मोनका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय स्थल घाडेपानीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्धेश्य सहित मोनाको महाधिवेशन घोडेपानीमा गर्न लागिएको उहाँले बताउनुभयो ।

शुक्रबार अध्यक्ष थापा,घनश्याम शाही ,रात्न शाकी सहितको टोलिले म्याग्दी उद्योग वाणिज्य संघ ,मोना र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माणधिन अवस्थामा रहेको बेनीदेखी लभ्लीहिल जाने मोना –बेनी– लभ्लीहल पदमार्गको स्थलगत अवलोकन गरेर फर्किएको छ । पदमार्ग निर्माण अन्तिम चरणमा रहेको जनाइएको छ । आगमाी १२ गते प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले पदमार्गको उद्घाटन गर्नुहुने जनाइएको छ ।

मोनाको आयोजनामा हुने हुने वडा स्तरिय पुरुष तथा भलिबल प्रतियोगिताको व्यवस्थापनको जिम्मा रेफ्री तेजिन्द्र बानियाँलाई दिइएको जनाएको छ । भने महाधिवेशन निर्वाचन संयोजकको जिम्मा सुदर्शनकुमार श्रेष्ठलाई । सदरमुकाम बेनीमा प्रथम अधिवेशन र मालिका गाउँपालिका ६ दरबाङमा दोस्रो महाधिवेशन सम्पन्न भएको थियो ।

तीन दिन सम्म संचालन हुने महाधिवेशनको उद्घाटन महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गर्नुहुने जनाइएको छ । महाधिवेशनको अवसरमा १४ र १५ गते दन्त शिविर पनि संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न सांस्कृततिक प्रस्तुती रहने छ ।

म्याग्दी न्यूज

 

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: