भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई हिरासतमा पुर्‍याइयो

काठमाडौं ।भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ ।शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा अभद्र व्यवहार र गाली गलौज गरेकोले उनलाई अनुसन्धान गर्नु पर्ने भन्दै हिरासतमा राखिएको हो ।

नेपालगञ्बाट काठमाडौं आउनेक्रममा मन्त्री भट्टराइ कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समुहले मन्त्री माथि हातपातको प्रयास साथै गाली गलौज गरेका थिए । साेही बिषयमा मन्त्री भट्टराईले आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएको स्पष्टीकरणमा भनेका छन् । साथै उनले माफ़ी पनि मागिसकेका छन् ।

एक घण्टा ढिला भयो भन्दै अभद्र व्यवहार गरेका शाहीले  मन्त्री भट्टराईले दिएको स्पष्टिकरणको खण्डन गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप भएको थियो ।

पत्रकार र युट्युबर तथा शाहीका समर्थकबीच अचानक झडपको स्थिती आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल समेत प्रयोग गर्नुपरेको थियो ।त्यसलगत्तै सुरक्षको कारण देखाउदै प्रहरीले शाहीलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । तर आईतबार साँझ नै प्रहरीले उनलाई बुद्ध एयर भित्रै अभद्र व्यवहार गरेको सम्बनधमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी थमाएपछि हिरासतमा राखिएको प्रहरीले बताएपनि कस्काे उजुरीमा उनलाइ नियन्त्रणमा लिइयाे भन्नेबारे खुलाइएकाे छैन् ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: