स्व रविन्द्र अधिकारीको क्षेत्रमा वामदेव गौतम, धनराज गुरुङ र रवीन्द्र मिश्र उठ्ने

अति महत्वका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर  २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की  २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ।

नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ। नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ। कांग्रेस नेता गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्। यो खबर कान्तिपुर दैनिकमा छ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: