सुस्ताबाट शसस्त्र प्रहरी द्वारा २ लाख बराबरको कुखुरा बरामद

परासी, भदौ १७ ।

पश्चिम नवलपरासीको गुठी परसौनीमा शसस्त्र प्रहरी द्वारा २ लाख बराबरको कुखुरा बरामद गरेको छ ।

शसस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले गए राती भारतबाट अबैध रुपमा पिकअपमा नेपालतर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा नं ५ बनकट्टीबाट बरामद गरेको थियो ।

बरामद गरेको कुखुरा र गाडीलाई स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाएको शसस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ ।

त्यस्तै सोमवार साझ शसस्त्र प्रहरीले ३३ हजार बराबरको कुखुरा बरामद गरी नष्ट गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: