एनआरएनए जापानको आगामी कार्यकालको नेतृत्वका लागि पाँच प्रत्यासी मैदानमा ।

गैरआवासीय नेपाली संघ जापानको अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी कार्यकाल (सन् २०१९- २०२१) का लागि हुने चुनावमा पाँचजना अध्यक्षका प्रत्याशीहरु देखिएपछि चुनावी सरगर्मीले नेपाली समुदाय तातिएको छ । सबैको आ-आफ्नै दाबी रहेको छ ।

चुनावी मैदानमा निवर्तमान अध्यक्ष टासीवाङदी लामासहित क्युसुका युवा प्रत्याशी किरण बर्मासम्म उत्रिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नेहरुमा लामा र बर्मासहित वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी र उपाध्यक्ष शिवप्रसाद पौडेलसँगै एनआरएनए आईसिसी सदस्य  दिनेश गुरुङ  रहेका छन् ।

पाँचैजना उम्मेदवारले करिब तीन लाख नेपाली रुपैयाँका दरले अध्यक्ष पदका उम्मेदवारी दर्ता गर्ने क्रममा १५ लाख रुपैयाँ एनआरएन जापानको कोषमा जम्मा गरिसकेका छन् । अध्यक्ष पदका लागि लिइएको महंगो शुल्कले आगामी कार्यकालका लागि बाजी मार्ने नेतृत्वका लागि आर्थिक क्रियाकलाप सहज बनाइदिएको छ ।

एनआरएन जापानको चुनाव सेप्टेम्बर ८ मा हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: