अनमोलको फेरिएको गेटअप

यूवापुस्ताका चर्चित नायक अनमोल केसी सार्वजनिक कार्यक्रममा कमै मात्र देखिन्छन् । उनै, अनमोल शनिबार काठमाण्डौमा जारी ‘नाडा अटो शो’मा पुगे । उनी बेनिली बाइकको ब्रान्ड एम्ब्यासडर भएका कारण पनि उनी अटो शोमा पुगेका थिए ।

अनमोल विगत ३ बर्षदेखि यो ब्रान्डसँग जोडिएका हुन् । अनमोल, नाडा अटो शोमा पुग्दा उनलाई हेर्न यूवायूवतीको भिड लागेको थियो । अनमोलको गेटअपले भने धेरैको ध्यान तानेको थियो । उनको हेयरस्टाइल परिवर्तन भएको थियो । केही समय अगाडि ब्रतबन्ध गरेका कारण पनि अनमोलले कपाल काटेका थिए । यसैले, छोटो कपालमा उनी पहिलो पटक देखिएका थिए ।

नायक अनमोल केसीले अभिनय गर्न लागेको चलचित्र ‘एन्टी हिरो’को छायांकन सुरु हुन अझै केही समय बाँकी छ । यतिबेला, यो चलचित्रको प्रि प्रोडक्शनको काम चलिरहेको छ । अनमोलले यो गेटअप नयाँ चलचित्रका लागि भने नभएको बताएका छन् ।

585
SHARES

Leave a Reply

Scroll to Top
%d bloggers like this: