जो भविष्यसँग डराउँछ, उसले वर्तमान पनि बर्बाद गरिरहेको हुन्छ’

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० का दिन अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, मेसेडोनिया गणराज्यमा भएको थियो। उनले १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन्। ४५ वर्षसम्म उनले गरीब, बिरामी र अनाथहरुका लागि काम गरिन्।

१९७० सम्म उनी गरीबहरू र असहायहरूका लागि आफ्नो मानवीय कार्यहरूका लागि प्रसिद्द भइन्। माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो। उनलाई १९७९ मा नोबेल शान्ति पुरस्कार र १९८० मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो। टेरेसाको निधन ५ सेप्टेम्बर, १९९७ का दिन भयो।

टेरेसाका ११ महत्वपूर्ण भनाइ

१. मानिस मृत्युपश्चात् स्वर्ग पुग्ने श्वरैकल्पनामा हुन्छ। तर, लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन। तर, मदर टेरेसाको भने मृत्युपछि स्वर्ग जाने चाहना थिएन। उनी धर्तीमै स्वर्ग देख्न चाहन्थिन्। उनले भनेकी छिन्, ‘म स्वर्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अन्धकारमा छन्।’

२. विश्वमा पहिलो र दोस्रो विश्वयुद्ध भयो। अहिले पनि थुप्रै देश गृहयुद्धको दलदलमा फसेका छन्। विश्वका अधिकांश लडाइँ सीमा कायमका लागि भएका छन्। जुन लडाइँमा एक पक्ष अर्को पक्षसँग निर्ममतासाथ प्रस्तुत भएको हुन्छ। टेरेसा भन्छिन्, ‘म हरेक देशलाई माया गर्छु। किनभने म ईश्वरको सन्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ।’

३. हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ। या भनौँ भविष्यमा आइलाग्ने खतरा औँल्याउँदै निराश हुन्छौँ। तर, मदर टेरेसा भन्छिन्, ‘हामी भविष्यसँग डराउँछौँ। किनकि हामी आजलाई बर्बाद गरिरहेका छौँ।’ उनको भनाइअनुसार जो भविष्यसँग डराउँछ, उसले आजको समय पनि बर्बाद गरिरहेको छ।

४. मदर टेरेसाले जीवनको उत्पत्तिलाई प्रेमसँग तुलना गरेकी छिन्। प्रेमलाई जीवनको ठूलो शक्तिको रूपमा व्याख्या गरेकी छिन्। उनी भन्छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ। हामी प्रेम दिन र लिनका लागि बनेका हौँ।’

५. मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस्। जसले प्रेम बाँड्छ उसले पाउँछ पनि। टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन्। उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस्। किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो।’

६. हामी काम त गरिरहेका हुन्छौँ। तर, त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ। टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर। तर, त्यो काम असाधारण प्रेमका साथ गर।’

७. कति मानिस विगतको असफलतालाई कल्पेर निराश भएका हुन्छन्। तर, टेरेसा भन्छिन्, ‘बितेको समय बितिसक्यो, आउनेवाला समय अहिलेसम्म आएकै छैन, मसँग मात्र आजको दिन बाँकी छ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ।

८. घर वा परिवार जीवनको पहिलो स्कूल हो। जुन स्कुलले उसको भावी योजना र उद्देश्यलाई प्रभावित पार्छ। ढुंगा माटोले मात्र बनेको हुँदैन, घर। त्यहाँ संस्कार हुन्छ, प्रेम हुन्छ, सहयोग हुन्छ, सद्भाव हुन्छ, सहारा हुन्छ। टेरेसाले प्रेमलाई घरसँग तुलना गर्दै भन्छिन्, ‘प्रेमको सुरुवात घरबाट हुन्छ।’

९. टेरेसा प्रेमलाई निकै गम्भीर रूपमा लिन्छिन्। प्रेम बाँड्न त्यति सजिलो नहुने उनको ठहर छ। उनले भनेकी छिन्, ‘प्रेमको भोक मेटाउनु, रोटीको भोक मेटाउनुभन्दा कैयौँ गुणा मुस्किल छ।’

१०. मानिसको आ–आफ्नै क्षमता हुन्छ, लक्ष्य र उद्देश्य हुन्छ। सबैले महान् काम गर्न नसक्नेमा जोड दिँदै उनी भन्छिन्, ‘हामी सबैले महान् कार्य गर्न सक्दैनौँ। तर, कामलाई प्रेमपूर्वक गर्न सक्छौँ।’

११. दयालाई मानिसले आ–आफ्नै ढंगले परिभाषित गरेका हुन्छन्। तर, प्रेमको महत्वलाई टेरेसाले यसरी बताएकी छिन्, ‘दया र प्रेम शब्दमा छोटो होला। तर, यसको ध्वनी अनन्त हुन्छ।’

लोकपाटी

Leave a Reply

Scroll to Top
%d bloggers like this: