टोकियो बन्यो विश्वको सबैभन्दा सुरक्षित शहर

टोकियो लगातार विश्वकै सबैभन्दा सुरक्षित शहर बनेको छ । इकोनोमिष्ट इन्टिलिजेन्स युनिटले सार्वजनिक गरेको सुरक्षित शहर सूचक २०१९ शीर्षकको प्रतिवेदनअनुसार टोकियोलाई पछ्याउँदै सिंगापुर र ओशाका क्रमशः दोस्रो र तेस्रो स्थानमा आएका छन् ।

टोकियोमा अपराधको संख्यामा कमी, प्राकृतिक झट्कासँग जुझ्न आवश्यक पूर्वाधार र कम्युटर भाइरसको न्यून जोखिम (डिजिटल सेक्युरिटी) लगायतका प्रमुख कारण टोकियोलाई सुरक्षित शहर घोषण गरिएको सिंगापुरमा द इनोमिष्टले आयोजना गरेको एक दिने सम्मेलनमा यस्तो बताइएको हो ।

टोकियोमा डिजिटल सेक्युरिटि गतिविधि सुदृढ बनेका कारण नै यो शहर शीर्ष स्थानमा परेको छ । तर स्वास्थ्य सुरक्षाको मामिलामा भने यो ओशाकापछि दोस्रो स्थानमा आएको छ । साथै पूर्वाधार सुरक्षामा यो चौथो स्थानमा आएको छ भने व्यक्तिगत सुरक्षाको मामिलामा पनि यो चौथो स्थानमा रहेको छ ।

दक्षिणपश्चिम एशियामा सुरक्षित मापदण्डमा ठूलो अन्तर रहेको पाइएको छ । टोकियोले प्राकृतिक विपत्तिबाट नागरिकलाई सुरक्षित राख्नका लागि श्रृंखलाबद्ध सुधारहरु गरेको छ । साथै सूचीमा एम्स्टरड्याम र सिड्नी क्रमशः चौथो र पाँचौं स्थानमा रहन सफल भएको छ ।

त्यस्तै टोरण्टो, वाशिंगटन र कोपेनहेगन क्रमशः छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् भने सूचीको नवौं र दशौं स्थानमा क्रमशः सोल र मेल्बर्न आइपुगेका छन् ।

सुरक्षित २० राष्ट्र र स्थानहरु

१.टोकियो,जापान
२ सिंगापुर, सिंगापुर
३.ओशाका, जापान
४.एम्स्टडर्याम, नेदरल्याण्ड

५.सिड्नी, अष्ट्रेलिया
६.टोरोण्टो, क्यानाडा
७.वाशिंगटन डीसी ,अमेरिका
८.कोपेनहेगन, डेनमार्क

९. सोल, दक्षिण कोरिया
१०.मेलबोर्न, अष्ट्रेलिया
११.सिकागो, अमेरिका
१२.स्टकहोम, स्विडेन

१३.सान फ्रान्सिस्को
१४.लण्डन, बेलायत
१५.न्यूयोर्क, अमेरिका
१६.फ्रयांकफर्ट, जर्मनी

१७.लस एन्जलस,अमेरिका
१८.वेलिंगटन, न्यूजिल्याण्ड
१९ जुरिच ,स्विट्जरल्याण्ड
२०.हङकङ

नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: