गोकर्णेश्वरमा बुवाको सम्झना (फोटोफिचर)

१३ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने पर्व । देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वरमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

हेर्नुस्, गोकर्णेश्वरका केही तस्वीरहरू :

अनलाइनखबर

Leave a Reply

Scroll to Top
%d bloggers like this: