स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत अख्तियारको नियन्त्रणमा

बेनी ,म्याग्दी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी आएको अख्तियारको टोलीले आचार्यलाई नियन्त्रणमा लिएको हो । हाल आचार्य काठमाण्डौं स्थित अख्तियारको हिरासतमा हुनुहुन्छ । गत आर्थिक अर्ष २०७५ ÷७६ मा स्वास्थ्य कार्यालयबाट भएका विभिन्न कार्यक्रमका वारेमा अख्तियारको टोलीले अनुशन्धान गरिरहेको छ ।अनुशन्धानका क्रममा हेल्थ असिस्टेन्ट अधिकृत आचार्यले गरेका कार्यक्रमको विल भरपाई अस्वभाविक र फर्जि देखिएको अख्तियारले जनाएको छ ।

कतिपय विल भरपाईमा वास्तविक मूल्यभन्दा धेरै नै रकम राखिएको पाइएको हो । अख्तियारको टोलीले आचार्यले पेश गरेका विलभरपाई क्रसर चेक गरेको थियो ।
आचार्यले विभिन्न स्थानहरुमा गरेको कार्यक्रमका वारेमा अख्तियारको टोलीले स्थलगत रुपमा अनुशन्धान समेत गरेको हो । अनुशन्धान गर्न अख्तियारको टोली दुइपटक म्याग्दी आएको थियो ।
अनुसन्धानका क्रममा आचार्यले कार्यक्रम गर्दा बास्तविक मुल्य भन्दा वढी र फर्जि विल बनाई पेश्की फच्र्यौटका लागि पेश गरेको पाइएपछि अख्तियारको टोलिले आचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

सूचना अधिकारी रिजालका अनुसार हाल आचार्य अख्तियारको काठमाण्डौं स्थित आयोगको हिरासतमा हुनुहुन्छ । आयोगले हिरासतमा लिएर अनुशन्धान थालेको जनाएको छ ।
यता आचार्य भने स्वास्थ्य कार्यालयमा भदौं १ गते देखि घरविदामा वसेको कार्यालय प्रमुख प्रकाशराज शर्माले बताउनुभयो ।

आयोगको कार्यालयले हाजिर हुन भनेकाले काठमाण्डौं जानुपर्ने भयो भनेर उहाँले घरविदा लेखेर जानुभएको हो कार्यालय प्रमुख शर्माले भन्नुभयो ।
गत साउन १२ गते स्वास्थ्यमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात अख्तियारको टोलीले कार्यालयबाट नै पक्राउ गरेको थियो ।
कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी यतिखेर आयोगको काठमाण्डौं टंकाल स्थित कार्यालयको हिरासतमा छन् । उनीहरुलाई अख्तियारले अनुशन्धान गरिरहेको छ

Leave a Reply

Scroll to Top
%d bloggers like this: