पुनःनिर्माणका लागि भारतले नेपाललाई दियो २ अर्ब ४५ करोड

काठमाडौं। भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई रकमको चेक हस्तान्तरण गरेका हुन्।

भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ। यस्तै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रकम उपलब्ध गराएको हो।

यस्तै नेपाल भारतबीच खाद्य बस्तु तथा तरकारी लगायतका बस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुवै देशमा मान्य हुनेगरी सम्झौता भएको छ।

भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका छन्। विश्व ब्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरि गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य बस्तु तथा उपभोग्य सामग्री सीमा नाकामा परिक्षण गर्नु गराउनु पर्दैन।

डिसीनेपाल

Leave a Reply

Scroll to Top
%d bloggers like this: