एनआरएन जापानको कोषाध्यक्षमा संगीता अधिकारीले उम्मेदवारी दिने ।

एनआरएन जापानको ( २०१९-२०२१ ) कार्यकालको लागि कोषाध्यक्षमा संगीता अधिकारीले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सामाजिक संजाल फेसबुकमार्फत कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

संगीता अधिकारीद्वारा कोषाध्यक्षका लागि सामाजिक संजाल फेसबुकमा प्रकाशित वक्तव्य —

जापानबासि दाजुभाई तथा दिदिबहिनीहरुमा नमस्कार करिब १५ बर्षदेखि जापानमा रही यहाँहरुको सुखदु:खसँग एकाकारहुँदै म यहाँसम्म आइपुगेको कुरा सबैलाई अबगत नै छ |

मैले मेरो अधिकांश समय हामीहरुले नै आयोजना गरेका विभिन्न किसिमका जमघट, औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुसँगै बिताउने गरेकी छु | त्यसको अलावा नेपालबाट काम र अध्ययनको सिलसिलामा यहाँ आइपुग्दा अप्ठेरोमा पर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरुलाई आवश्यक सहयोग गर्नु मेरो रुची भएकाले सो कार्य मेरा लागि एक किसिमको दैनिकी बनिसकेको छ | साथै बिगत केहि बर्षदेखि एनआरएनए जापानका अनेकन गतिविधिहरुमा सक्रिय सहभागिता जनाई मैले मेरो विवेक र सक्ने सहयोगगरी समयको सदुपयोग गर्ने अवसर पाउँदै आएकी छु | सो अवसरको आधार तयार गरिदिनुहुने हजुहरु सबैप्रति म कृतज्ञ छु |

हाल आएर यहाँस्थित मेरा तमाम दाजु दिदीहरुको प्रेरणा र भाइ बहिनीहरुले मसँग गर्नुभएको भरोसाका कारण मैले यसपालिको एनआरएनए जापानको १९-२१ को कार्यकालको लागि मैले कोषाध्यक्षको पदको उम्मेदवारकारुपमा प्रस्तुत गरेकी छु | यहाँहरुबाट पाएको प्रेरणा र हौसला नै मेरो बल हो | त्यसैले यदि हजुरहरुले मलाई सो पदमा निर्वाचित गराउनु भएमा मैले जापानस्थित विभिन्न संघसंस्था तथा कम्पनीहरुसँग हातेमालो गरी एनआरएनए जापानको कोषलाई सबल र समुन्नत बनाउने, संगठनमा आय ब्ययको पारदर्शिता कायम राख्दै आर्थिक अनुशासनका मापदण्डहरु तयार गरी कार्यान्वयन गर्ने गराउने कुराका लागि प्रण गरेकी छु |

मात्र यहाँहरुको मार्गनिर्देशन, निगरानी अनि साथ र सहयोग मेरो आवश्यकता हुनेछ | धन्यवाद !

Leave a Reply

Scroll to Top
%d bloggers like this: