नेकपा प्रमुुख सचेतक ढकालको घरमा बम प्रहार

साउन ३१, २०७६

बुुटवल। नेकपा प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ ।

रुपन्देही सैनामैना ७ मा रहेको उनको घरमा ३ वटा पेट्रोल बम ३  प्रहार भएको हो । सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो‍  भन्ने खुल्न सकेको छैन ।



सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत छन् ।

‘म काठमाडौं गम्भीर विरामी भएर उपचार गर्दै छुु । राति दुुईबजेततिर बम प्रहार भएको जानकारी पाएँ । मलाई घरमै छ भनेर बम हानिएको रहेछ’ उनले लोकान्तरसँग भने ।

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको बताए । बम प्रहारबाट गाडीमा क्षति पुगेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: