साताको राशिफल

(श्रावण ३० गतेदेखि भाद्र ४ गतेसम्म)
ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
मेषः मित्रहरुबाट सहयोग मिल्नेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । सामाजिक तथा सांस्कृतिक कार्यमा मन जानेछ । आफन्तजनहरुको सहयोगले कार्यमा सफल भइनेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च बढ्ने देखिन्छ ।

वृषः छोटो दुरीको यात्राको अवसर मिल्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । भोज भतेरको अवसर मिल्नेछ । आम्दानी बढ्नुका साथै ब्यवसायमा लाभ मिल्नेछ । सामाजिक कामहरुमा मन जानेछ । यो साता तपाईको समय अत्यन्त्यै शुभ देखिन्छ ।
मिथुनः उत्साह बढेर जानेछ । कार्यहरुमा सफलता मिल्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । यात्रामा निस्कनु पर्नेछ । मन प्रसन्न रहला । मीठो खान पाइनेछ । ब्यापारमा लाभ हुनेछ । साताको शुरुतिर भने अनावस्यक विवाद गनुपर्नेछ ।

कर्कटः बोलिको प्रभाव बढ्नेछ । मान्यजनबाट प्रसंसा बटुल्ने समय रहेको छ । उत्साह बढेर जानेछ । यात्रा गर्न पाइनेछ । कार्यहरुमा सफलता मिल्नेछ भने मन प्रसन्न रहला । साताको मध्यतिर भने आफ्नो हक÷अधिकार प्राप्तका लागि सङ्घर्ष गर्नुपर्नेछ ।
सिंहः रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । आफन्तहरुबाट सहयोग मिल्नेछ । शुभ खबर सुन्न पाइनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मित्रहरुसँग भेटघाट गर्न पाइनेछ । साताको मध्यतिर भने आर्थिक समस्या बढ्ने देखिन्छ ।
कन्याः मीठो खान पाइनेछ । बोलिको प्रभाव बढ्नेछ । साहास बढेर जानेछ । शुभ खबर प्राप्त हुनेछ । मान्यजनहरुको सहयोगले कामहरु सफल हुनेछन् । मनोरञ्जन तथा यात्राको अवसर मिल्नेछ । यो साता तपाईको अत्यन्त्यै शुभ र लाभदायक देखिन्छ ।
तुलाः आफ्नो कला र गलाको प्रभाव देखाउन पाइनेछ । अधुरा कार्यहरु पुरा हुँदा मन प्रसन्न हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । साताको शुरुवाततिर भने पारिवारिक समस्या बढ्नेछ ।
वृश्चिकः ब्यापार तथा आम्दानी बढेर जानेछ । शुभ कार्यले मन प्रसन्न रहला । आफन्त तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । बोलिको प्रभावले अरुको मन जित्न सकिनेछ । साताको शुरुवाती दिनहरुमा भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
धनुः मीठो भोजनको अवसर मिल्नेछ । आयमा वृद्धि हुनेछ । अनुहारमा कान्ति छाउनेछ । आफन्तहरुको सहयोगले अधुरा कामहर पूरा हुनेछन् । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यतिर भने अनावस्यक खर्च बढ्ने देखिन्छ ।
मकरः यात्रा गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । मित्र भेटले मन प्रसन्न रहनेछ । आम्दानी बढेर जानेछ । उत्सव तथा समारोहमा सहभागी हुन पाइनेछ । मन प्रसन्न रहनुका साथै पारिवारिक सुख बढ्नेछ ।
कुम्भः मन प्रसन्न रहनेछ । मान्यजनहरुबाट प्रशस्त सहयोग मिल्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । अधुरा कामहरु पूरा हुनेछन् । अनुहारमा कान्ति छाउनेछ । साताको शुरुवाततिर भने आर्थिक समस्या बढ्नेछ ।
मिनः शुभ खबर सुन्न पाइनेछ । यात्रा तथा मनोरञ्जनका अवसर प्राप्त हुनेछ । उत्सव समारोहमा सहभागी हुन पाइनेछ । ब्यवसाय बढ्नुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको मध्यतिर भने कामहरुमा ढिलासुस्ती हुनेछ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: