राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको अध्यक्षमा घिमिरे

म्याग्दी, २९ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान म्याग्दिको ७ औं अधिबेशनबाट देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा नया कार्यसमिति सर्बसम्मत रुपमा निर्वाचित गरिएको छ ।  कार्यसमितिको प्रथम उपाध्यक्षमा धुव्र जिसि, दित्तीय उपाध्यक्षमा एकराज चापागाई, महिला उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पदम बिश्वकर्मा, कोषाध्यक्षमा देबि जिसि, सह– कोषाध्यक्षमा रबि कार्की, सह–सहसचिबमा बिजुन खत्री, प्रबक्तामा जीवन कार्की रहेको २४ सदस्य कार्यसमिति चयन गरिएको छ ।

मंगलबार भएको अधिवेशनको उद्घाट्न प्रतिष्ठानका पुर्व केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले गरेका थिए । भने कार्यक्रममा केन्द्रिय सदस्य, गण्डकी प्रदेशका सदस्य, प्रतिष्ठानका सल्लाकारहरुको उपस्थित भएको थियो । अध्यक्ष कृष्ण जिसिको अध्यक्षता, देवेन्द्र घिमिरेको स्वागत मन्तव्य र एकराज चापागाईको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: