जापानमा गर्मि अत्याधिक बढ़दो , गर्मिका कारण ५७ जनाको ज्यान गयो , १८ हजार भन्दाबढ़ी अस्पताल भर्ना ।

जापानमा गर्मिको प्रभाव बढ़दै गएको छ । जापान टुडेले जनाएअनुसार जुलाई २९ देखि यता गर्मीसंग सम्बन्धित स्वास्थ्य समस्याका कारण जापानभरमा मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । उपचारका लागि हस्पिटल जानेहरुको संख्या १८३४७ पुगेको छ जुन गतहप्ता भन्दा तेब्बर बढेको हो ।

यस अवधिमा टोकियोमा १८ सय ५७ जना,आईचि प्रिफेक्चरमा १३सय ४२ जना तथा साईतामा प्रिफेक्चरमा १३ सय ७ जनालाई हस्पिटल पुर्याईएको हो । मृत्यु हुनेहरुमा, होक्काईदोमा ७ जना, ईबाराकी र साईतामा ५/५ जना रहेका छन् भने बाँकी अन्य २१ प्रिफेक्चर निवासीहरु रहेका छन् ।

अत्याधिक गर्मिका कारण सम्भावित बिरामीबाट जोगिन, गर्मीबाट बच्ने उपायहरु पानी तथा शरीरलाई चिसो राख्ने पेयपदार्थहरुको सेवन तथा उपयोग गर्न विज्ञहरु सुझाव दिएका छन् ।

सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला  ।

स्रोत – नेपाली इन जापान

Leave a Reply

Scroll to Top
%d bloggers like this: