जापानलाई कर्म थलो बनाई व्यापार व्यवसाय गरी अगाडि बढीरहेका व्यवसायीहरुका लागि नि:शुल्क सेमिनारको आयोजना गरिने भएको छ l
विन विन जापानले जापानमा व्यवसाय गरिराखेका नेपालीहरुलाई लक्षित गरी सेमिनार आयोजना गर्न लागेको हो l
व्यवसाय बढाउन चाहनेहरुका लागि यो सेमिनार लाभदायी हुने भएकोले उपस्थिति जनाई अधिक जानकारी लिन र जापानका ठुला साना बैंकहरुबाट सजिलै ॠण लिएर व्यवसाय बढाउन सकिने समेत विन विन जापानले जनाएको छ l
आकिहाबारामा हुने सो सेमिनार अक्टोवर ३ तारिख र २१ तारिख ३ बजेबाट सुरु हुने बुझिएको छ l
सो सेमिनारमा भाग लिनका लागि नाम टिपाउन आग्रह गरिएको छ l
थप जानकारीका लागि पोस्टर हेर्नुहोस्