कबिता

सम्भवतः अब कुनै सम्भावना छैन
हल्लै हल्ला बिच यो अर्को हल्ला छ ।
म देखिरहेछु निरश आँखाहरुले…
म भोगिरहेछु कोमल मनले….
म चिच्याइरहेछु नि:शब्दहरुले ।
थाकेर, अताल्लियर परसम्म म आशाको द्वार नियाली रहन्छु
विवशता वश म फर्कन्छु कालो छाया अोडेर।
…. असफलतामा खोज्छु मेरो देश…

जो असफलता मै नाङ्गियको छ कालो भयर ।
मलाई कथा लाग्छ, यो देशको अमरगाथा
मलाई बकवास लाग्छ, धौलागिरी र सगरमाथा
म आत्मसाथ गर्न सक्दिन, विर पुरुषका कथाहरुलाई
म सुन्न सम्म नि सक्दिन…
टिष्टा र काँगडा का कुराहरुलाई ।
म त सिमित छु मेची महाकाली सम्म ..
बरु,

म अझ सिमित छु वारि महाकालीको तट सम्म ।
मलाई पुरै सपनाको कथा जस्तो लाग्छ
वीर पुरुष बलभद्र र जननायक भिमसेन थापाको कथा ।
फिल्मि प्रसङ्ग जस्तो लाग्छ,
गंगालाल र शुक्रराज शास्त्रीको कथा ।
किन लाज मर्दो छैन र ?
हँ, हास्यपदक छैन र ?
महापुरुषको देश हामी जस्ताको देश हुनु !
किन , मन रुदैन र ?

विरको योगदान नेता जी गाली हुनु !
किन बिग्रदै छ, किन भत्कदै छ देश ?
” कायरतामा विरता हुदैन ”
सम्भवतः अब कुनै सम्भावना छैन ।
इतिहास को पाना मात्र कथा छापियको छ
बलजफ्ती घटनाहरू रचियका मात्र छन ।
सत्य त यहाँ अर्कै केही छ ,आँखा अगाडी
जो निरङ्कुश छ , भयङ्कर छ , खुँखार छ ।
उफ ! मलाई खेद छ ।
देशले अब चोला फेर्ने छैन !
सम्भवतः अब कुनै सम्भावना छैन ।

दृशान्त सापकोटा

Leave a Reply

Scroll to Top
%d bloggers like this: