दोहोरी प्रतिष्ठानको भवन बनाउन एकै ठाउँमा देउसी खेल्दा २५ लाख !

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रीय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसीका क्रममा एकै ठाउँमा २५ लाख रुपैयाँ बढी उठेको छ ।

मंगलबार साँझ ५ बजेदेखि ९ बजेसम्म बिभिन्न ब्यवसायी र समाजसेवीलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका पदाधिकारी उपस्थित थिए ।

‘पहिलो दिनको देउसीबाट २५ लाख ६० हजार उठेको छ, आज पनि हामी राजधानीका केही ठाउँमा देउसी खेल्नेछौं’, प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले भने ।

पंगेनीका अनुसार देउसीबाट उठेको सम्पुर्ण रकम भवन निर्माणमा लगाइनेछ । देउसीमा विभिन्न संघसंस्थाका ब्यक्तिहरुले भवन निर्माणमा चाहिने गिटी, बालुना लगायतका सामाग्री पनि सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गायक खुमन अधिकारी, पशुपति शर्मा, दीपक खड्का, गायिका राधिका हमाल, पुर्णकला बिसी लगायतले भट्याएका थिए भने मोडल शंकर बिसी, रश्मी तामाङ, करिश्मा ढकाल, रिना थापा मगर, अन्जली अधिकारी लगायतले नृत्य गरेका थिए । चन्द्र शर्माले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ गायक दुर्गा रायमाझीले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: