कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति

२१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।  यो समाचार आजको कारोबार दैनिकमा छ । जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए ।

जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि काइली कस्मेटीक्सबाट भएको हो । यो उनको श्रृगारिक कम्पनी हो । यो कम्पनीको मूल्य फोब्र्सका अनुसार ९० करोड डलरको रहेको छ । यो कम्पनी २०२२ मा १ अर्ब डलरको हुने अनुमान फोब्र्सको छ । यो कम्पनीले गत वर्ष उल्टासँग एक्सक्लुसिभ वितरणको हस्ताक्षर गरेको थियो । जेनरले यो कम्पनीसँग काम गर्ने योजना बनाएको बताएकी छिन् ।

काइली कम्मेटिक बाहेक जेनरले आफ्नो पेड एप काइली जेनर अफिसियल एपबाट पनि आफ्नो ब्युटी ब्रान्ड २०१५ को नोभेम्बर ३० मा सुरु गरेकी थिइन् । १८ महिनामा यो कम्पनीले ४२ करोड डलरको सामाग्री बिक्री गरेको थियो । उनको २०१६ होलिडे कलेक्सन सार्वजनिक भएपछि यसले झन्डै प्रतिदिन १ करोड ९० करोड ८० लाख फ्लोअर्स र ट्विटरमा २ करोड ६७ लाख फलोअर्स रहेका छन् ।

 

Leave a Reply

Scroll to Top
%d bloggers like this: