यसकारण दुख्छ ढाड

मानिसको बढ्दै गईरहेको व्यस्तता संग संगे विरामीको संख्या पनि बढ्दै गईरहेको छ । पछिल्लो समयमा ढाड दुख्ने समस्या भएका बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपिन, शारीरिक मुभमेन्ट, बसाइ नमिल्नु आदि कारणले ढाड दुख्ने बिरामी बढिरहेका छन् ।

अस्पतालमा सानो बच्चादेखि वृद्ध उमेरसम्मका मानिस ढाडको समस्या लिएर आउने गरेको डाक्टरहरू बताउँछन् । युवामा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ । ढाड दुख्ने समस्या उत्पन्न हुने कारण यस्ता छन् :-

-बसेर बत्ती कात्ने महिलामा बढी ढाड दुख्ने समस्या देखिने गरेको छ ।

– महिनावारी सुकेका महिलामा पनि यो समस्या धेरै हुन्छ ।

– कम्प्युटरमा बढी समय काम गर्ने, सुतेर पढ्ने, सुतेर काम गर्ने, सुतेर मोबाइल चलाउने, सुतेर टिभी हेर्नेहरूमा ढाड दुख्ने समस्या देखिने गरेको छ ।

-सैलुनमा बढी समय काम गर्ने, पार्लर चलाउनेहरूमा पनि ढाड दुख्ने समस्या बढी देखिने गरेको छ ।

– मोटरसाइकल लामो समय चलाउने युवायुवतीमा पनि मेकानिकल ब्याकपेन देखिने गरेको छ ।
-लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने बानी पनि ढाड दुख्ने कारण हुन सक्छ ।

– कुर्सीमा लामो समयसम्म बस्नुपरेमा वेलावेलामा उठेर केही बेर हिँडडुल गर्ने गर्नुपर्छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: