अष्ट्रेलियाको एक अदालतले बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा बिरामीलाई दुर्व्यवहार गरेकाे आरोपमा एक नेपाली युवालाई ८ महिनाको जेल सजाय सुनाएको छ । ती नेपाली युवा ४ महिनादेखि जेलमै छन् । उनले अब चार महिना जेल बस्नुपर्नेछ । चार महिना अघि नेपाली युवा प्रकाश पौडेलले नियमित स्याहारको क्रममा डिमेन्सियाका रोगी एक वृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएसँगै उनलाई प्रहरीले फक्रेको थियो । सिड्नीको म्यनली अदालतले पौडेलको क्षमा याचनालाई अस्वीकार गर्दै जेल सजायको फैसला सुनाएको हो । अब उनले बाँकी चार महिना जेल बसेपछि क्षमाका लागि आवेदन दिन सक्नेछन् ।

अष्ट्रेलियामा अधिकांश नेपालीले ‘एजकेयर’मा काम गर्छन् । प्रकाशले ८२ वर्षीय बृद्धलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि यहाँको सरकारले ‘एजकेयर’ क्षेत्रलाई व्यवस्थित गर्न रोयल कमिसन गठन गरेको छ । सरकारले अष्ट्रेलियाको ‘एजकेयर’ क्षेत्रलाई उच्चस्तरको सेवा पाउने क्षेत्रको रुपमा व्यवस्थित गर्न लागेकाे छ । एजकेयरमा दुर्व्यवहारका घटनाहरु सार्वजनिक भएपछि सुधारका लागि उच्चआयोग रोयल मकिसन गठनको घोषणा गर्दे अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन, तीनजना मध्ये बीचमापारिवारिक भन्दा पनि व्यक्तिगत जीवन बाँचिने अष्ट्रेलियामा बुढाबुढी भएपछि मान्छेहरु पैसा तिरेर नर्सिङ होममा बस्छन् । उमेर पाक्दै गएर हात खुट्टा नचल्ने भएपछि “केयरगिभर’ अर्थात् हेरचाह गर्ने मान्छेले त्यस्ता वृद्धवृद्धालाई औषधि, खाना र सरसफाइ गराउँछन् ।