फेरि ओली नै प्रधानमन्त्री

वैशाख ३० । पुन नेपालको प्रधानमन्त्रीमा केपी शर्मा ओलीनै नियुक्त हुनुभएकोछ । संसदमा विश्वासको मत लिन नसकेपछि नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दल मिलेर सरकार बनाउन नसकेपछि संसदमा नेतृत्व गर्ने ठूलो दलको हैसियतले ओलीनै प्रधानमन्त्री बन्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । भोलि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: