संसदमा विश्वासको मतः सरकारको ध्यान कोरोना नियन्त्रणमा हैन राम मन्दीरतिर : उपेन्द्र यादव

वैशाख २७ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने वेला राम मन्दिर र मुर्ति स्थापनातिर लागेको भन्दै आरोप लगाउनुभयो ।

आफूहरुले पटक पटक राखेको माग कार्यान्वयन नगरेको भन्दै आक्रोश पोख्नुभयो । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र भएको भन्दै संविधान स्थपित भएको तर संसद नै विघटन गरी अहिले त्यही संसदमा कसरी विश्वासको मत लिनुहुन्छ भनी प्रश्न गर्नुभयो । साथै संविधानमै संघीय लोकतान्त्री गणतन्त्र लेखिएपनि त्यसलाइ हटाउन प्रधानमन्त्री लागेको भन्दै संघीयता, समावेशीता ध्वस्त बनाउन लागि परेको आरोप लगाउनुभयो ।

कमिशनका कारण कोरोनाको भ्याक्सीन समेत आउन नपाएको र कमिशन खोज्नेहरुलाई कडा कारवाही गर्न नसकि डराउने सरकारलाई कसरी समर्थन गर्ने उहाँको प्रश्न थियो ।

विधेयक अधिवेशनमा एउटा पनि विद्येयकमा छलफल नगराई सभामुखलाई समेत जानकारी नगराई अन्त्य गरिएको र अध्यादेश अध्यादेश ल्याएर देश चलाउन खोज्नेलाई कसरी मत दिने भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: