गैँडाकोटका कोरोना संक्रमितका लागि नगरपालिकाद्धारा दुई एम्बुलेन्स तयार, सेवा निशुल्क (हेर्नुहोस नम्वर सहित)

वैशाख २२, गैँडाकोट । गैँडाकोट नगरपालिकाले नगरभित्रका कोरोना संक्रमितको शिघ्र उपचारका लागि अस्पताल पुर्याउन दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । नगरप्रमुख छत्रराज पौडेलका अनुसार नगरभित्र दुई वटा एम्बुलेन्स कोरोना संक्रमितको सेवाका लागि तयारी अवस्थामा राखेको र उनीहरुले निशुल्क सेवा दिने उहाँको भनाई छ । दुई मध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको पौडेलले बताउनुभयो । नगरमा रहने एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताउनुभयो । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो ।
नगरपालिकामा विभिन्न संघसंस्थाको सहित सात वटा एम्बुलेन्स रहेको भएपनि संक्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी दुई एम्बुलेन्स छुट्याइएको हो ।
नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले एम्बुलेन्स आवश्यक पर्ने संक्रमितहरुले सिधै स्वास्थ्य शाखामा वा वडाअध्यक्ष सहितका जनप्रतिनिधिलाई खवर गर्न सक्ने बताउनुभयो । आफूलाई अस्पताल जानुपर्ने अवस्था महसुस हुनासाथ खवर गर्न आग्रह गर्दै स्वास्थ्यमा खेलवाड नगर्न अनुरोध गर्नुभएको छ । साथै आफूलाई कारोना संक्रमण भएको रहेछ भने तुरुन्तै स्वास्थ्य शाखामा खवर गरी आफ्नो रेकर्ड कायम गर्न पनि उहाँको आग्रह छ । यसो हुँदा संक्रमितको स्वास्थ्य अवस्था सहित अन्य जानकारी लिन सहज हुने र यसले उपचारमा मद्दत मिल्ने पौडेलले बताउनुभयो ।
गर्भवति महिलाहरुका लागि पनि एम्बुलेन्स
नगरप्रमुख छत्रराज पौडेलका अनुसार कोरोना संक्रमणको समय गर्भवती महिलाहरुका लागि छुुट्टै एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । नगर अस्पताल पितौजीमा रहेको एम्बुलेन्सले गर्भवति महिलाहरुका लागि मात्रै सेवा दिने छ । कोरोना संक्रमितलाई सेवा दिने एम्बुलेन्सलाई अन्य विरामी नबोक्न अनुरोध सहित पितौजीको एम्बुलेन्सलाई सो सेवाका लागि खटाइने भएको हो ।
पितौजीमा २० वेड आइसोलेसन तयार
कोभिड १९ को दोस्रो लहरले संक्रमितहरुलाई गम्भिर अवस्थमा पुर्याउने सम्भावनालाई मध्यनजर गरी पितौजीमा २० वेडको आइसोलेसन तयार पारिएको छ । सवै तयारी अवस्थामा रहेको र ढिलोमा भोलिसम्म अक्सिजन जडान गरिने नगरप्रमुख पौडेलले बताउनुभयो । त्यहाँ उपचार गर्न बस्नेहरुलाई खाना भने परिवारले उपलब्ध गराउनुपर्ने छ । अन्य स्वास्थ्य उपचार, चिकित्सकीय सेवा लगायत निुःशल्क रहने गरी आइसोलेसन तयार पारिएको हो । आइसोलेसनमा रहदा पनि जटिल अवस्था आएमा भरतपुरमा उपचारका लागि समन्वय गर्ने पनि नगरपालिकाले जनाएको छ ।
आज उपप्रमुख विष्णुकुमारी कडेँल, प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज सुर्यप्रसाद आचार्य सहित बसेर माथिको व्यवस्था मिलाइएको हो ।
साथै यो महामारीमा आवश्यक पर्ने औषधि लगायतका सामाग्रीमा कुनै कमी नराख्न नगरप्रमुख पौडेलले निर्देशन दिँदै जिल्लामा जारी निषेधाज्ञाको पूर्ण पालना गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ ।
गैँडाकोटका कोरोना संक्रमितको सुविधाका लागि नगरपालिकाद्धारा एम्बुलेन्सको सेवा निशुल्क
एम्बुलेन्स सम्पर्क नम्वर
गैँडाकोट नगरपालिका परिसरमा रहेको ९८५५० ५६५५९
अमरापुरीमा रहेको एम्बुलेन्स ९८६३२ ७२७२४
गर्भवति महिलाका लागि पितौजीमा रहेको एम्बुलेन्स ९८५५० ६४३८८
स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल ९८५६० ४५९३३

Leave a Reply

Scroll to Top
%d bloggers like this: