तत्कालका लागि राष्ट्रिय जनगणनाको कार्यक्रम पनि स्थगित

वैशाख २० । कोरोना संक्रमण थप तिव्र बन्दै गएपछि राष्ट्रिय जनगणनाको कार्यक्रम पनि स्थगित गरिउको छ । मन्त्रीपरिाषदको बैठकले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । अहिले सुपरीवेक्षकहरुलाई तालिम जारी छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताउनुभयो । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।

अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०र१० वर्षमा जनगणना हुँदै आएको छ ।महामारी कम भएपछि फेरि सुचारु हुने छ।’ १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: