निषेधाज्ञा उल्लंघन गर्ने १ हजार २३८ सवारी उपत्यकामा कारवाही

वैशाख १८ । निषेधाज्ञा उल्लघंन गर्ने सरकारी गाडी सहित उपत्यकामा १ हजार २३८ सवारी साधनलाई प्रहरीले कारवाही गरिएको छ ।
संक्रमण फैलदै जाँदा उपत्यकामा निषेधाज्ञा थप कडा पार्दै लगिएको छ । सोही अनुसार आज शनिवार सडकमा निस्किएका सरकारी गाडीलाई होल्ड गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको हो । यस्तै उपत्यका प्रशासन टोलीले वीर अस्पतालमा पुगेर कोरोना संक्रमितको उपचारको अवस्थालगायतका विषयमा जानकारी लिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: