ठिमुरा पुलबाट खसेर वेपत्ता अर्का एक मजदुर पनि मृत फेला

वैशाख १६ ।चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने गरी त्रिशुली नदीमा वन्दै गरेको पुल भत्कीदा नदीमा वेपत्ता अर्का एक मजदुर पनि फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनका अनुसार वेपत्ता भएका भारतीय नागरिक वर्ष २८ का श्यामबाबु पाठक मृत फेला परेका हुन् । भारत पश्चिम चम्पारणका उनको पुल भत्कीएको सिधा तल नदीमा गडीएर रहेको अवस्थामा आज शव फेला परेको प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

गत वैशाख १२ गते विहान ९ बजेर १३ मिनेट जाँदा पुलको स्टीलको संचरना मिलाइरहदा अचानक भत्कीदा एक मजदुरको मृत्यु र २ वेपत्ता भएका थिए । वेपत्ता मध्ये हिजो मात्रै सुजित माझिको शव सोही नदीमा फेला परेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानियको सहयोगमा उक्त शव बाहिर निकाली पोष्टमार्टमाका लागी जिल्ला अस्पताल भरतपुर पठाइएको छ । घाइते ८ जनामध्ये १ जना उपचारत छन् भने अन्य सवै डिस्चार्ज भइसकेको छन् ।

वैशाख १२ गते पुलबाट खसेर भारत बेतिया पश्चिम चम्पारण बस्ने बर्ष ४३ को बिजय यादव सोही दिन विहान १०ः३० बजे पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । घाईते भएका ८ जनालाई उद्धार गरी पुरानो मेडिकल कलेजमा पठाईएकोमा ७ जनाको सोही दिन साँझ ०५ः०० बजे डिस्चार्ज भई आ–आफनो गन्तब्यमा गईसकेका छन र १ जना देश भारत बेतिया जिल्ला बस्ने बर्ष २५ को धिरज पटेल सोही अस्पतालको अर्थोवार्डमा उपचार भई रहेको छ । अन्य २ जना बेपत्ता भएकोमा वैशाख १५ गते वुधवार विहान १०ः४५ बजेको समयमा भारत पश्चिम चम्पारण बस्ने बर्ष २३ को सुजित माझी उक्त पुलदेखी करिव ५०० मिटर तल नदीको बिचको भंगालोमा मृत्त अबस्थामा फेला परेका थिए । स्थानिय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल भरतपुरमा पठाईएको थियो । वेपत्ता अर्का एक जना आज फेला परेका हुन् ।
घाईतेहरुको बिबरण ः–
ऐ. बवस्ने बर्ष ४३ को मुन्ना चौधरी मध्यम ।
ऐ. बस्ने बर्ष ३५ सन्जय शर्मा सामान्य
ऐ. बस्ने बर्ष १९ को राजकुमार यादब समान्य ।
ऐ. बस्ने बर्ष ३३ को सन्तोष महतो मध्यम ।
ऐ. बस्ने बर्ष २६ को सुरुन्द्र राम मध्यम ।
ऐ.बस्ने बर्ष २३ को अ शोक महरछी मध्यम ।
ऐ. बस्ने बर्ष ४३ को अब्दुल राय सामान्य ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: