चितवनमा भोलि राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

वैशाख १५ । चितवनमा कोरोना संक्रमितको सक्रिय संख्या ५ सय नाघेपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । आज विहान कोरोनाका संक्रिय संक्रमितको संख्या ५८५ पुगेको थियो ।

त्यसपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर भोलि राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

निषेधाज्ञा वैशाख ३१ गतेसम्म जारी रहने उहाँको भनाई छ । उहाँका अनुसार वैशाख १६ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ । उक्त समयमा सार्वजनिक आवागमन,बजार संचालन लगायतका बस्तु तथा सेवाको आपूर्तिमा नियन्त्रण तथा नियमन गरिने भएको छ ।

अत्यावश्यक काममा बाहेक कोही घरवाहिर ननिस्कने, अत्यावश्यक काम परे स्वास्थ्य मापदण्डको पालना गर्ने,राष्ट्रिय जनगणना २०७८ को हकमा वाहेक सभा सम्मेलन, तालिम, सेमिनार,जात्रा, महोत्सव संचालन गर्न नपाईने, लामो तथा छोटो दुरीका सार्वजनिक निजी सवारी साधन संचालनमा रोक लगाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: