कोरोना संक्रमण जोखिमका कारण लाइसेन्सको अनलाइन आवेदन बन्द

वैशाख १४ । कोरोना भाइरसको संक्रमण बढिरहदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन समेत बन्द भएको छ । यातायात व्यवस्था विभागले नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको हो ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ । यस अघि पनि कोरोना संक्रमण वढ्दै जाँदा लामो समय सवारी लाइसेन्स अनलाई र भौतिक रुपमा उपस्थित हुन वन्देज गरिएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: