आज २५५९ संक्रमित थपिए, ५ जनाको मृत्यु

वैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ९४० जना हुन् । काठमाडौंका ७६०, ललितपुरका १०६ र भक्तपुरका ७४ जना थपिएका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: