यस्तो बन्दै छ भोलि माडीको अयाध्यापुरीमा राम सीताको मुर्ति राख्ने ठाउँ

बैशाख ७ । माडीको अयाध्यापुरीमा भोलि राम सीता लक्ष्मण र हनुमानको मुर्ति स्थापना गरिदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौमा रहेका मुर्ति आज हस्तान्तरण गर्ने र तामझामका साथ मुर्ति माडी ल्याइने भएको हो।


राम मन्दिरमा राख्ने मुर्ति निर्माण सम्पन्न भएर काठमाण्डौमा रहेको र त्यसलाई धुमधामका साथ माडीमा ल्याएर अस्थायी मन्दिरमा राखिने अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तीर्थराज भुषालले जानकारी दिनुभयो ।

बैशाख ५ गते भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार बैशाख ७ गते आज काठमाण्डौ राम मन्दिरबाट स्वस्ती वाचन सहित प्रधानमन्त्रीले हस्तान्तरण गर्ने र बग्गी, रथ सहितको कलशयात्रा, करिव ५ सय वटा सवारी साधनसहितको शोभायात्रा गरी चितवन ल्याइने छ ।

आठ गते विहान पीठाधीसहरुको उपस्थितीमा परशुराम कुण्डको पवित्र जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । मुर्तिहरुलाई अस्थायी रुपमा राख्न अहिले मन्दिर निर्माणको काम तिव्र पारिएको छ । तयारी पुरा भएको र माडीमा ९ सय सवारी र ४ हजार भक्तजनहरुलाई खान बस्नको प्रवन्ध समेत गरिएको समितिले जनाएको छ । अहिले अस्थायी रुपमा राखिएको मुर्तिहरु राममन्दिर निर्माण पछि स्थायीरुपमा प्राण प्रतिष्ठा गरिने जनाइएको छ ।

२०७७ चैत्र २८ गतेदेखि राम, सीता, लक्ष्मण र हनुमानको मन्दिर राख्न पक्की मन्दिर बनाउन सुरु गरिएको थियो । माडी ९ कृष्णनगर पार्कमा सो मन्दिर बनाइएको हो । ६ गतेभित्र प्लाष्टर र ट्रष्ट सहितको मन्दिर निर्माण व्यवसायिले हस्तान्तरण गर्ने मन्दिर करिव १४ लाख लागतमा निर्माण गरिएको हो । शत्तल निर्माणमा चाहिँ श्रमद्धान स्थानीयले गर्नुभएको हो ।


वडाअध्यक्ष शिवहरी सुवेदीले अहिले अस्थायी रुपमा मुर्तिहरु राख्ने र डिपिआरको काम भइरहेको भन्दै अयाध्याधाम निर्माणका लागि १०० विघा जमिन सरकारलाई सिफारिस गरिएको छ ।डिपिआर अनुसार करिव ४ अर्बको लागतमा निर्माण खर्च लाग्ने र अहिले सुरुमा २२ महिनाभित्र राम मन्दिर निर्माण गर्ने गरी प्रधानमन्त्रीले चासो दिनुभएको उहाँको भनाई छ । स्थानीयले पनि राम माडीको अयोध्यापुरीमै जन्मिएको पर्याप्त प्रमाण भएको भन्दै त्यसको वैज्ञानिक पुष्टिमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

कुनै वेला माडीको विकास नभएको भनी भरतपुर देखि अन्य शहरमा पलायन हुनेहरु अहिले भने माडीमा जग्गा किन्न फर्केका छन् । माडीको जग्गाको भाउ पनि वृद्धि भइरहेको स्थानीय बताउँछन् । निकुञ्जका कारण सडक कालोपत्रमो ढिलाई भएपनि हुलाकी सडक अन्तरगत अहिले बाटो कालोपत्रे भएको छ भने दक्षिणबाट उत्तरतर्फ बगिरहेका सवै खोलामा पक्की पुल निर्माणको काम भइरहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: