अभिनेत्री शिल्पाको उजुरीले प्रकाश सुवेदीका दुई कार्यक्रम निलम्बन

बैशाख ७ । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी दिएपछि रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ ।

अभिनेत्री पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताउनुभयो । सुवेदीले छविसँग लिएको अन्तरवार्तामा शिल्पावारे टिप्पणी भएका थिए ।
‘दुवै कार्यक्रम अब चल्दै नचल्ने गरेर बन्द गरिएको होइन । अहिले प्रसारमात्र स्थगित गरिएको हो’ निर्देशक पौडेलले भने ‘शिल्पाको उजुरीको आधारमा कार्यक्रम छानबिन भैरहेको छ । त्यसपछि मात्र चल्छ चल्दैन टुङ्गो लाग्नेछ ।’ कार्यक्रम अब प्रसारण नै हुँदैन भनेर अहिले भन्न नमिल्ने पौडेलको भनाई रहेको छ । कार्यक्रम सञ्चालन प्रकाश सुवेदीले कार्यक्रम निलम्बन भएको मिडियाबाट सुन्दा आफु पनि आश्चर्यमा परेको बताए । टेलिभिजनको पत्र हात परेपछि मात्र यो विषयलाई आफुले आधिकारिक मान्ने सुवेदीको भनाई रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: