हिमाल आरोहणका लागि ६२६ जनाले अनुमति लिए

बैशाख ४ । वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ६२६ जनाले अनुमति लिएका छन् । उनीहरुबाट ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व संलकन पर्यटन विभागले जनाएको छ । १६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला र ४९३ जना पुरुषले ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व बुझाएका हुन् ।

हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् । सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि हालसम्म अनुमति लिनेको संख्या ६२६ पुगेको छ । पर्यटन विभागका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३३८ जनाले अनुमति लिएका छन् ।

३६ वटा टोलीका २६६ जना पुरुष र ८४ जना महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । त्यसैगरी लोत्से हिमाल आरोहणका लागि हालसम्म १०४ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमाल आरोहणका लागि ३० जना, आम दब्लम हिमालका लागि २७ जना, नुप्से हिमालका लागि २३ जना र मकालु हिमालका लागि २० जनाले अनुमति लिएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: